काठमाडौं- चर्चित र्यापर यम बुद्धले संसारबाट विदा लिनुअघि केही गीतहरुमा काम गरिरहेका थिए। ती सांगीतिक कोशेली सार्वजनिक गर्न नपाउँदै उनी संसारबाट विदा भए। उनले तीनवटा सांगीतिक 'प्रोजेक्ट'मा काम गरिरहेका थिए।
सार्वजनिक नभएको उनको 'खतरा' एल्वम आउँदै थियो भने 'पागलपन' र 'आमा' गीत पनि तयार अवस्थामा थिए। उनले आमालाई सम्वोधन गर्दै दोस्रो पटक गाएका हुन्। यस अघिको आमा गीत निकै चर्चित बनेको थियो।
'कहिले सार्वजनिक गर्ने भन्ने केही अझै टुंगो लागेको छैन', नायक मरहठ्ठाले नागरिकन्युजसँग भने, 'अवस्था सामान्य बनिसकेपछि उहाँका कामहरु संस्थागत गर्न गर्दै लानेछौं।'
'पागलपन' गीतको म्युजिक भिडियो समेत सुटिङ भैसकेको थियो। जसमा नायक रेश मरठ्ठाले अभिनय गरेका छन्। अमेरिकामा सुटिङ भएको भिडियोको टिजर सार्वजनिक भैसकेको थियो। उनका यी गीतहरु कहिले सार्वजनिक होलान् भन्ने प्रतिक्षामा फ्यानहरु छन्।
'कहिले सार्वजनिक गर्ने भन्ने केही अझै टुंगो लागेको छैन', नायक मरहठ्ठाले नागरिकन्युजसँग भने, 'अवस्था सामान्य बनिसकेपछि उहाँका कामहरु संस्थागत गर्न गर्दै लानेछौं।'
यम बुद्धले कतिपय गीतहरु आफ्नी दिदी डा.अनिता अधिकारीसँग मिलेर लेख्ने गरेको पनि रेश बताउँछन्। 'उहाँले धेरै गीतहरु गाउनु भएको पनि छ र लेख्नु भएको पनि छ', रेश भन्छन्, 'यी सबै कुराहरुलाई गीत संगीतको क्षेत्रमा अभिलेखिकरण गर्नुपर्छ।'
२९ वर्षमा जीवन त्याग्नुअघि चर्चाको शिखरमा पुगेका यम बुद्धले र्याप संगीतलाई नेपालमा व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कोलिन विक्रम राणा र यम बुद्ध मिलेर काठमाडौंमा र्याप ब्याटल सञ्चालन गरेका थिए। त्यसले 'नेपहप'लाई माथि उठाउन ठूलो मद्दत गरेको थियो। र्यापलाई समाजसँग जोड्ने श्रेय पनि उनलाई नै दिइन्छ।
वेलायतमा मृत अवस्थामा भेटिएका यम बुद्धको शव शनिबार अपराहन्न ४ बजे काठमाडौं ल्याँइदैछ। त्यसपछि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ।
प्रकाशित: १४ माघ २०७३ १२:३७ शुक्रबार