१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अध्याँरोमा माया खोज्दै ‘ज्योति’

सुर्खेत- पूर्वी सुर्खेतको भेरी नदी छेउको बोटेचौर बजारको खुला चौर। पाँच हजार भन्दाबढी दर्शक। माघको दोस्रो दिन । अत्याधिक जाँडो । साँझ पर्दै थियो । दर्शक कसैको प्रतिक्षामा थिए। त्यतिकैमा चर्चित गायिका ज्योति मगर मिनी स्कर्ट र कालो ज्याकेटमा मञ्चमा आइपुगिन्। हात बाँधेर बसेका दर्शकहरु एकाएक जुर्मुराए । एक महिनाअघि सदरमुकाम वीरेन्द्रनगरको महोत्सवमा दर्शकको खुबै साथ पाएकी ज्योति गाउँमा पनि त्यस्तै साथ र माया पाउँदा खुशी नहुने कुरै भएन्।

सुर्खेत बुलबुले जाउँला

नाचौला झ्याउरेको तालैमा

मञ्चमा पुग्ने वित्तिकै ज्योतिले सुर्खेतका चर्चित गीतकार एवम् संगीतकार हरि विष्टको शब्दमा रहेको यो चर्चित झ्याउरे गीत गाइन्। त्यसै त सुर्खेती झ्याउरेका पारखी। त्यसमाथि ज्योति मगरको आवाज मात्रै होइन्, संगसंगै नृत्य देख्न पाउँदा खुशी नहुने कुरै भएन्। केही अघिसम्म ‘भेरीको पानी’ जस्तै शान्त दर्शक एकाएक जुर्मुराउन थाले । प्रहरीलाई भीड नियन्त्रणमा लिन समस्या पर्‍यो। मञ्चतिर आइलागेका दर्शक हटाउन प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो।

ठूला महोत्सव र टिभीमा मात्रै देखेकी ‘हट गायिका’ ज्योतिलाई आफ्नै आँगनमा देख्न पाउँदा दर्शक उत्साहित नहुने कुरै थिएन्। दोस्रो प्रस्तुतीको रुपमा ‘जाले रुमाल रोल्टीलाई बैना भो... बोलको गीत गाउँदा पनि दर्शकले खुबै साथ दिए।

यो गीत सक्ने वित्तिकै ज्योतिले ज्याकेट खोलिन्। साँझको छ बजिसकेको थियो। ज्योतिलाई क्यामेरामा कैद गर्नका लागि दर्शकदीर्घाबाट मोवाइलका लाइटहरु बलिरहेका थिए। माघको जाडोमा ज्याकेट खोलेर ‘वानपिस’ मा प्रस्तुती दिँदा दर्शकले ‘हंगामा’ नगर्ने कुरै भएन्।

चानचुने त कहाँ हो र

जिम्वाल बाउको छोरी

अध्याँरोमा लाको माया

काली छैन, गोरी

एक सय ५० भन्दाबढी स्वयमसेवक । ५० बढी प्रहरी । साँझ पर्दै गर्दा ज्योतिले अध्याँरोमा माया पिरतीको गीत गाउँदा स्वयम्सेवक र प्रहरीलाई भीड नियन्त्रण गर्न गाह्रो नहुने कुरै भएन् । ज्योतिले दुम्सीकाँडे जुँगालगायतका आफ्ना चर्चित गीतहरु मात्रै गाइनन्, गीतसँगै ‘डान्स’ पनि गरिन्।

ज्योति मात्रै होइन् आयोजक संस्थाका अध्यक्ष गायक सुकदेव अधिकारीले पनि दर्शकलाई खुबै मनोरञ्जन दिए । बादलुले छेक्यो, कपाल बाट्ने डोरी, देख्छु गुराँस फुल्ने बन, सिस्ने हिमाललगायतका चर्चित गीत गाएर उनले दर्शकलाई मनोरञ्जन दिए । आयोजक संस्था बुलबुले साधना कला केन्द्रका अनुसार आधुनिक गायक कवी गिरी, कुलमान नेपाली, गीतकार तथा संगीतकार हरि विष्ट, धनराज चुनारा, प्रकाश सोनी, दर्लामी कृष्णलगायतले पनि आ–आफ्ना प्रस्तुती दिएका थिए।

प्रकाशित: २ माघ २०७३ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App