१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अध्यक्षमा आकाश निर्विरोध

काठमाडौं- निर्माता संघको आगामी तीन वर्षे कार्यकालका लागि आकाश अधिकारी अध्यक्ष चुनिएका छन्। बुधबार भएको मनोनयन कार्यक्रममा आकाशको विरुद्धमा अध्यक्ष अरु कसैले दाबेदारी दर्ता नगरेपछि आकाश अधिकारी निर्विरोध भएका हुन्। तर यसको औपचारिक घोषणा भने शुक्रबार हुने निर्माता संघको चौधौं साधारण सभाले गर्नेछ।

 यस्तै संघको महासचिवमा सरोज थापा (रोज राणा)को पनि एक्लो उम्मेदवारी परेपछि  उनी पनि महासचिवमा निर्विरोध भएका छन्। दिउँसो तीन बजेसम्म राखिएको मनोनयन दर्ता समयमा कोषाध्यक्ष र सचिवमा पनि दोहोरो मनोननय परेन। कोषाध्यक्षमा सुशिल पोखरेल र सचिवमा छविराज ओझा निर्विरोध भए। छवि ओझा यसअघिका कार्यकालमा पनि सचिव नै थिए।

आउँदो शुक्रबार हुने चुनावले अब उपाध्यक्ष र सदस्यको नाम टुंगो लगाउनेछ। उपाध्यक्षमा तीन जनाको मनोनय दर्ता भएको छ भने नौ सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार हुने चुनावका लागि केशव भट्टराई, माधव वाग्ले र गोविन्द शाहीले मनोनयन दर्ता गराएका छन्।  ९ जना सदस्यका लागि  करिष्मा मानन्धर, दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रौनक बिक्रम कँडेल, अर्जुन कुमार, चेतन सापकोटा, भानुप्रताप, सुशान्त श्रेष्ठ  र निकिता पौडेलबीच प्रतिस्पर्धा हुनेछ। दुई जना कार्यसमितिले पछि मनोनयन गर्न पाउनेछन्।

अध्यक्षमा निर्विरोध भएकोमा खुशी व्यक्त गर्दै आकाश अधिकारीले २२ वर्षे आफ्नो फिल्मी यात्रालाई सहकर्मीले सम्मान गरेको धारणा राखे। उनले उम्मेदवारी घोषणा गर्दाताका उठाएका बक्स अफिस, अन्तर्राष्ट्रिय बजार, फिल्म नीति आदि कुरालाई आफ्नो कार्यकालमा लागू गराइछाड्ने प्रतिवद्धता दोहोर्‍याए।

प्रकाशित: १४ पुस २०७३ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App