१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सुमनले ल्याए ‘हामी साथीसाथी’

काठमाडौं– पेशाले सिभिल इन्जिनियर सुमन श्रेष्ठ (संगम)ले आफ्ना साथीहरुमा समर्पित गर्दै नयाँ गीत ‘हामी साथी साथी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। पछिल्लो समय गायनमा सक्रिय उनको हामी साथी साथीमा गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको धरानमा बुधबार विमोचन भयो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका थिए । रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले भने ‘अहिलेको विभाजीत समयमा विभिन्न पेशा, जातीका साथीहरु मिलेर काम गरेको देख्दा खुसी लाग्यो ।’

कार्यक्रममा बोल्दै भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेले साथी साथी गीत अहिलेको समाजका लागि उदाहरणीय बनेको भन्दै प्रशंसा गरे । प्रतिष्ठानका प्राज्ञ राम धामीले गीत तथा भिडियो समीक्षा गर्दै साथीहरु मिलेर अघि बढ्न आग्रह गरे ।

साथी समूहमा विभिन्न जाति र पेशाका युवाहरु आवद्ध छन् । अहिलेको राजनीतिक, जातीय, धार्मिक तथा अन्य सामाजिक फुटको संघारमा रहेकोे सामाजिक माहोललाई एकताको समाज निर्माण गर्ने हामी साथीसाथीको लक्ष्य रहेको गायक तथा निर्देशक श्रेष्ठले बताए ।

‘देशको समृद्धि र उन्नतिको लागि प्रवद्र्धन गर्नै पर्ने पर्यटन र जडिबुटीलाई पनि सांकेतिक रुपमा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘जहाँ भेँडेटार, नाम्जे, पोखरालगायत पर्यटकीय स्थलहरु र नेपालको राष्ट्रिय डण्डिबियो खेल लगायतलाई पनि परिचित गराउने कोसिस गरेका छौं ।’
 

प्रकाशित: २५ मंसिर २०७३ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App