१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दौडमा दीपिका

मुम्बइ-बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् । बन्न लागेको नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।

समाचारमा जनाइएअनुसार निर्माता कबिर खानले बनाउन लागेको नयाँ फिल्ममा काम गर्न दीपिका र अनुश्का शर्मा दुवैले रुचि देखाएका छन् । फिल्ममा अभिनय गर्ने अवसर हात पार्न अहिले दुवै प्रयासरत छन् । भारतीय पत्रिका टीओआईले जनाएअनुसार फिल्ममा काम गर्ने अवसर पाउने सम्भावना दीपिकाको बढी छ ।

 

प्रकाशित: १८ असार २०७३ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App