१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

घाइते भइन् श्रद्धा

मुम्बइ-बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन् । फिल्म छायांकनका क्रममा उनी घाइते भएकी हुन् ।
फिल्म ‘गर्लफ्रेन्ड’को छायांकनमा गरिरहेकी उनी लडेर घाइते भएकी हुन् ।

लडेका कारण खुट्टाको लिगामेन्ट च्यातिएको उनले बताएकी  छिन् । श्रद्धा स्वयंले घाइते खुट्टाको तस्बिर इन्स्टाग्राममा राखेपछि उनी घाइते भएको जानकारी  फ्यानहरूले पाएका हुन् ।

श्रद्धाले सेयर गरेको तस्बिरमा उनको एउटा खुट्टामा नीलो ब्यान्डेज बाँधिएको छ । ‘लिगामन्ेटमा दक्खल परेछ, तर पनि बास्केटबल कोर्टमा साह्रै रमाइलो भयो,’ बास्केटबल खेल्दै गरेको दृश्य छायांकन गर्ने क्रममा आफू घाइते भएको उनले उल्लेख गरेकी छिन् ।

 

प्रकाशित: १६ असार २०७३ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App