१६ वैशाख २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

रोल्पामा २९ वडाको नतिजा, माओवादी कै अग्रता

रोल्पामा अहिलेसम्म २९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार अधिकांश वडामा माओवादीले जित हासिल गरेको छ। जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा वडा न. १, २, ४, ५ र ६ मा माओवादीले जित हासिल गर्दा वडा न. ३ मा कांग्रेसले जितेको छ।

परिवर्तन गाउँपालिकाका वडा न.१ र २ मा माओवादी केन्द्रले जितेको छ। त्रिबेणी गाउँपालिका वडा न. १ मा माओवादी र २ मा एमालेले जितेको छ। गंगादेव गाउँपालिका १, २ र ७ मा कांग्रेस र ६ मा एमालेले जितेको छ।

थवाङ गाउँपालिका वडा न. ४ मा एमाले जित्दै गर्दा २, ३ र ५ मा माओवादी विजयी भएको छ। सुनछहरी गाउँपालिका १ र २ मा माओवादी केन्द्रले जितेको छ भने रुन्टीगढी गाउँपालिका १ मा कांग्रेस, २ मा माओवादी र ३ मा एमाले विजयी भएको छ।

लुङग्री गाउँपालिका ६ र ७ मा माओवादीले जितेको छ। सुनिलस्मृती गाउँपालिका वडा न. १ र ३ मा माओवादी केन्द्र र २ मा स्वतन्त्रले जित हासिल गरेको छ। माडि गाउँपालिकामा १ र २ मा माओवादी केन्द्रले जितेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App