७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

शिलवाल र तामाङलाई जागरुक महिला सम्मान

हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा शिलवाल र तामाङलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो। रेडियोले तीजको अवसरमा दुई जना महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ।

खुट्टाको रड निकाल्दा मृत्यु, चिकित्सकलाई कारबाही गरिने

भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।

स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनकाअनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।

करारका स्वास्थ्यकर्मीको म्याद थप गर्दै प्रदेश सरकार

अघिल्लो सरकारले मनोनित गरेको अस्पताल विकास समितिका अध्यक्ष तथा सदस्यहरुलाई हटाउने निर्णय सरकारले गरेको हो।

विकास सम्भव छ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो एउटा संस्थाबाट उज्यालो प्राप्त भएको छ भने अन्य यस्तै संस्था हुने हो भने त्यसले हाम्रो जीवनमै फरकपन ल्याउन सक्छ।

तलब नदिई कर्मचारी निकालियो

उपमहानगरको यो पछिल्लो पत्रपश्चात सहरी स्वास्थ्य केन्द्रका करार कर्मचारी गत कात्तिक १ गतेयता हाजिर भएका छैनन्। करार भएका कारण नगरपालिकाले जागिरबाट निस्कासन गर्‍यो। तर ८ महिनासम्मको उनीहरूको तलब सुविधासमेत दिन मानेन।

‘सुत्केरीले सेवा नपाए, स्वास्थ्यकर्मीले पनि तलब नपाउने’

गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए।

उहिलेका स्वास्थ्यकर्मी, अहिलेका नमुना नर्सरी किसान

बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँले बर्षेनी विरुवा बेचेर करोडौँ भित्र्याउँछन्।

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ।

भेरीका स्वास्थ्यकर्मी कुट्ने एमाले नेता रावत धरौटीमा छुटे

अदालतका न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले आइतबार जनही ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार तिर्थराज भट्टले नागरिकलाई जानकारी दिए। ‘जिल्ला न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले तीन जनालाई जनही ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ,’ उनले भने।

पिठ्यूँमा बच्चा बोकेर संक्रमितको उपचारमा

प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित आउने बिरामीको हेरचाहमा पनि उनले समय दिनु पर्छ। अवस्था अनुसार सेतो कोट वा पिपिइ लगाएका सिनियर अहेव शर्मा अरुबेलाको तुलनामा हिजोआज खाना र खाजा खान समेत बेफुर्सद देखिन्छिन् ।

आगामी वर्ष एक हजार २ सय ८० शिक्षकको अनिवार्य अवकास हुने, कुन जिल्लामा कति ?(विवरणसहित)

किताबखानाले शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। राष्ट्रपति विद्यादवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो।

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्