१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

निर्मलाका हत्याराको पहिचान ढिलोचाँडो हुन्छ, धैर्य गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन्।

निर्मलाका हत्यारालाई केही दिनमै बाहिर ल्याएर कारबाही गर्छाैंः प्रवक्ता विश्वकर्मा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्। गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे।

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।

रहस्यमय निर्मला हत्या प्रकरण

निर्मला पन्तका हत्यारालाई कानुनी कारबाहीको दायरामा नल्याइएको भन्दै संसद्मा चिन्ता व्यक्त गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले दुई महिना बित्न लाग्दा पनि निर्मलाका हत्यारा पहिचान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ। ‘सरकार!

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

९ वर्षिय बालकलाई अपहरण गरी हत्या गरेको विरोधमा स्थानीयले जितपुर बजार बन्द गरेका छन्। जितपुरसिमरा नगर उधोग बाणिज्य संघ, विभिन्न राजनीतिक दल, संस्थागत तथा सामुदायिक विद्यालय, गैर सरकारी संस्था लगाएतकाले संयुक्त रुपमा दोषीलाई कारवाही गर्न माग गर्दे विरोध प्रदर्शन गरेका हुन्।

फरार हत्यारा १३ वर्षपछि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

खोटाङमा दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको भन्दै दलित नेतृहरुले आक्रोश पोखेका छन् । २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन नसकेको भन्दै जिल्लाका दलित नेतृहरुले प्रशासन र प्रहरीको आलोचना गरेका छन्।

पौडेलका हत्यारालाई कारवाही गर्न युवा संघको माग

युवा संघ नेपालले रुपन्देहीमा गोली हानी हत्या गरिएका युवा संघ रुपन्देही क्षेत्र नं १ का पूर्वकोषाध्यक्ष वसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ। संघका महासचिव किरण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका छन।

हत्यारा नसमाते निर्माण कार्य ठप्प

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए ।

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

हत्यामा संलग्न अपराधीलाई प्रहरीले अझै कारवाही गर्न नसकेको भन्दै धनगढीका महिलाहरू आन्दोलित भएका छन् ।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्