७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

करेन्ट लागेर महिलाको मृत्यु

घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर दुई चालकको मृत्यु

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर दुई चालकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।

करेन्ट लागेर बालकको मृत्यु

रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सानीभेरी गाउँपालिका ११ का ११ वर्षीय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

काफल टिप्न जाँदा करेन्ट लागेर मृत्यु

रुकुम (पश्चिम)मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका ११ का ११ वर्षिय केशव परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। जंगलमा काफल टिप्न रुख चढेको बेला उनलाई करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर युवकको मृत्यु, अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

भुइमा लच्किएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। अमरगढी नगरपालिका १ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहिबार बेलुका करेन्ट लागेर घटना स्थलमै ज्यान गएको हो।

पानी तान्ने माेटर जाेडेर चलाउन खाेज्दा करेन्ट लागेर मृत्यु

करेन्ट लागेर महोत्तरीमा एक युवकको मृत्यु भएको छ। भंगहा नगरपालिका ९ हरिणमरी घर भएका ३२ बर्से लगन साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु

भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जन्मदिनमा आर्थिक सहयोग

दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। माछा मार्न बम हान्दा एक जना गम्भिर घाईते भएका छन्।

करेन्ट लागेर एककाे मृत्यु

इलाम नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका–१२ का २० वर्षीय संगीन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको हो।

पानी तताउने क्रममा करेन्ट लागेर एकको मृत्यु

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ५ बुङचुङमा विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ। सोमबार दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडी पानी तताउने क्रममा करेन्ट लागेर घाइते भएका २७ वर्षिय विष्णु श्रेष्ठको मृत्यु भएको हो।

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्