७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विवेकशील साझाले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। साझाले राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे भएकाे छलफलकाे निष्कर्ष निकाल्दै आज हुदैँ गरेको निर्वाचनमा मतदान नगर्नेनिर्णय गरेको हो।

लुम्बिनी प्रदेश: राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाण्डे र खड्काको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ।

राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट जाँदा पशुपतिस्थित वैद्यखानामा निधन भएको हो ।

‘सर्वोच्चको फैसला आउन दिनुस्’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्। पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई आवश्यक सहयोग नभएको अवस्थामा राजनीतिक संकट देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्ने भन्दा पनि सर्वोच्चले त्यसमा कस्तो फैसला गर्छ त्यसलाई मानेर जानुपर्ने बताए।

संवैधानिक आयोगका नियुक्ति सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइएको पत्र सभामुख अग्नि सापकोटाले फिर्ता गरेको विषयलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले त्यसको विरोध गरेका छन्।

राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सरकालाई किन हतार ?

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पुस १७ गतेबाट सूचारु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो। जसअनुसार राष्ट्रपतिबाट जारी अधिवेशन अन्त्यको घोषणा भयो। र, राष्ट्रिय सभाको चारवटा मात्र बैठक बसेर हिउँदे अधिवेशन अन्त्य भयो।

जम्मा चार दिन चलेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम हिउँदे अधिवेशन अन्त्य भएको हो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले राजनीतिक परिस्थितिबारे बैठकमा सम्बोधन गर्नेछन्।

राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन्।

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस्ः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन्।

सांसदको भूमिका विधि निर्माणमा देखिनुपर्छ: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय तथा प्रदेश सांसदहरुको भूमिका विधि निर्माणमा देखिनुपर्ने बताएका छन्।

गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल

गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ।

राष्ट्रिय सभा ६ महिनादेखि अपूर्ण

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत एक पद खाली भएको सोमबार ६ महिना पूरा भएको छ। गत फागुन २० गतेदेखि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक सिट खाली रहेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा एक सिट पूरा नहुँदा ५८ सदस्य मात्र कायम छन्। जसले सो सभालाई अपूर्ण बनाएको हो।

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानबारे नेकपाले आज निर्णय गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ।

राष्ट्रिय सभा समितिविहीन

संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभा आजदेखि शनिबारदेखि समितिविहीन बनेको छ। राष्ट्रिय सभाका चार समितिको कार्यावधि शुक्रबारदेखि सकिएपछि राष्ट्रिय सभा समितिविहीन बनेको हो। समितिविहीन बनेपछि अब नयाँ प्रक्रियाबाट समिति गठन गर्नुपर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्