६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा सैनिक जवानको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको गाछेपानीमा जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवनाको मुत्यु भएको छ।

माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु, स्थानीयद्वारा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

पृथ्वीराजमार्गबाट ट्रक खस्दा ३ घाइते

चितवन– दारेचोक गाउँ विकास समिति वडा नं ४ स्थित पृथ्वी राजमार्गबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक शुक्रबार खोलामा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार वीरगन्जबाट फलामको एङ्गल र काँडेतार लिएर जाँदै गरेको ना५ख ७८९८ नंको ट्रक बिहान १० बजे राजमार्गबाट ६० मिटर तल नाग्दी खोलामा खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्