४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सानिमा बैंकद्वारा बैकिङ सेवा बिस्तार

सानिमा बैकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैकिङ सेवा विस्तार गरेको छ।

डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य पचास प्रतिशत सम्पन्न

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ।

खेतमा पानी सुक्ने भन्दै जलविद्युत आयोजना तोडफोड र आगजनी

शनिबार दिउँसो गोरखाको सिरानचोक गाउँपालिका २ पाण्डेवेशीमा रहेको चम्पावती हाईड्रोपावरको कार्यालयमा तोडफोड र आगजनी गरेका प्रहरीले जनाएको छ।

मन्दिरका सामग्री चोरी गर्ने ३ गिरोह पक्राउ

मन्दिरका सामग्री चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले विशेष टोली खटाई अनुसन्धान गर्ने क्रममा मन्दिरका सामानहरू चोरी गर्ने ३ गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

चर्को गाडी भाडा उठाउँदै काठमाडौं-बेँसीसहरका माइक्रोबस

केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेलामा मात्र हजाररहजारका दरले गाडी भाडा उठाइयो।' एक यात्रुले भने।

अवरुद्ध बेसिशहर–चामे सडक पूर्ण रुपमा सञ्चालन

हिमाली जिल्ला जाने एक मात्र बेंसीशहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। योजनाका प्रमुख अच्युतविलास पन्तका अनुसार वर्षाका कारण आंशिक अवरुद्ध भएको लमजुङतर्फको रामबजार, घोप्टेको बाटो पूर्ण रुपमा खुलाइएको छ।

लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभामा १३/१३ उम्मेदवार

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत्रका लागि १३ जनाले उम्मेदवारी दिएका हुन्।

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर परियारकाे घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

लमजुङमा सवारी साधनका लागि नयाँ भाडादर निर्धारण

लमजुङमा झन्डै दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ। जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो।

पहिराेसहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

'पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ। पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ। पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ।'

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।

लमजुङमा १९ घरेलु उद्योग खारेज

लमजुङले घरेलु तथा साना उद्योग कार्यालय १९ घरेलु उद्योग खारेज गरेको छ। यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन्।

लमजुङमा भूकम्पको धक्का

आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्