८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पहिरोको जोखिमले विद्यालय बन्द

निरन्तरको वर्षातका कारण पहिरो जाने जोखिम बढेपछि नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेस्थानमा रहेको जालपादेवी आधारभूत विद्यालय बन्द गरिएको छ। विद्यालय असुरक्षित महसुस गरी बुधबारदेखि पाँच दिनको लागी विद्यालय बन्द गरिएको हो।

वर्षाले तराई जलमग्न, पहाडमा खडेरीले मकै सखाप

अहिलेको बर्खामा धेरै ठाउँमा बाढी पहिरो र डुबानको घट्ना सुनिदै आएको छ। उदयपुरकै सदरमुकाम गाईघाटलगायत तराईभेग र भित्री मधेसका कतिपय क्षेत्रमा डुबान समस्या बढिरहँदा जिल्लाकै पहाडी भेग र खोँचमा भने चाहिदो वर्षा नभएपछि मुख्य बाली मानिएको मकै खेतीलाई खडेरीले स्वाहा पारिसकेको छ।

नेपाल भारत सीमामा रहेको महाकाली नदीको पुल पहिरोले क्षतिग्रस्त

दार्चुलाको उत्तर क्षेत्र महाकालीको  नेपाल भारता सीमा  झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्‍याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

पहिरोले घर बगाउँदा श्रीमतीको मृत्यु श्रीमान घाइते

घर माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ कुडीका नन्दे परिकी ४५ वर्षकी श्रीमती कला परि रहेकी छन्।

दश घर पहिरोको उच्च जोखिममा

संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका ४ सेकाहामा पर्ने च्यानडाँडाका १० घर पहिरोको उच्च जोखिममा परेका छन्।

पहिरोले पुरिएर प्यूठानमा १ जना बेपत्ता

अविरल वर्षातसँगै आएको पहिरोमा पुरिएर प्यूठानकाे गाैमुखी गाउँपालीका ४ डाँडागाउँका झलकबहादुर सुनार बेपत्ता भएका छन्।

बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेशसभा ३ का सांसदहरूले बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशसभाको दोस्रो अधिवेशनको ४३ औं बैठकको विशेष समयमा बोल्ने १५ मध्ये ९ सांसदले बाढीपहिरोको विषयमा धारणा राखेका हुन्।

नयाँ घरमा पहिरो, टहरामा वास

ईट्टा सिमेन्टले बनाएको, चिटिक्कको दुई कोठे घर। बिचबिचमा बन्धन राखेर (भुकम्प प्रतिरोधी) बलियो हुने गरी घर तयार भएको तीन महिना भयो। भुकम्पले घर भत्काएर अस्थायी टहरामा झण्डै तीन वर्ष गुजारा चलाउँदाको पिडा बिस्तारै भुल्दै थिए भिमसेन थापा गाउँपालिका १ निवेलका तिलकबहादुर बानियाँ।

सडकमा चट्टान थुप्रिदा जोखिममा बस्ती

बस्तीको माथितिरबाट गाउँमा सडक पुग्दा गजुरी गाउँपालिका –६ राम्चेबासी खुसी भएका थिए। पृथ्वी राजमार्गबाट घण्टौँ धाएर हिड्नपर्ने बाध्यता सडक बनेपछि हटेको थियो तर अहिले त्यो खुसी निराशामा परिणत भएको छ।

सडक सम्पर्कबाट जोमसोम विच्छेद

न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ।

पहिरोमा ज्यान गुमाएका परिवारलार्इ सरकारकाे एक लाख सहयाेग

आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट  एक लाखका दरले राहत सहयोग दिइएको छ।

पहिराेले सडक अवरूद्द हुँदा दुर्गम क्षेत्रका स्थानीयलार्इ सास्ती

रोल्पाका धेरै जसो गाउँहरू हिजो आज सडक संजालबाट तोडिएका छन्। बर्षातको सुरुवातसँगै बन्द भएका अधिकांश ग्रामीण सडक कहिले संचालनमा आउला भन्ने अन्यौलता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्