१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सरकारविरुद्ध सडकमै लम्पसार

विभिन्न तरिका अपनाएर रचनात्मक प्रदर्शन गर्दै आइरहेका युवाहरूले शनिबार गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। उनीहरूले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूलाई व्यंग्य गरेका थिए।

सरकारविरुद्ध सडकमा युवा(फोटो फिचर)

स्वतन्त्र युवाहरुको समूहले शनिवार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ। काठमाडौंको शहीद गेट नजिकै स्वतस्फूर्तरुपमा जम्मा भएका युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, स्वास्थ्य सामग्रीलगायत खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्नै युवाहरुको समूहकाे विराेधमा उत्रेकाे हो।

सुध्रिएन सरकार, सेलायो युवाको प्रदर्शन

प्रायोजित ढंगबाट सकडमा विरोध गर्न निस्किएको भन्ने आरोप खेपेका युवाको टोली तितरबितर हुँदा थप आशंका उत्पन्न भएको छ।

म्याग्दीमा युवाले गरे प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, वीरेन्द्र चोकमा युवाहरूले विभिन्न नारा लेखेको प्लाकार्डसहित विरोध जनाएका हुन् ।

दोलखामा पनि सरकारविरुद्ध प्रदर्शन

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न असफल भएको र मुलुकमा बेथिति बढेको भन्दै सरकारविरुद्ध देशभरी प्रदर्शन थालेका युवाले दोलखामा पनि आइतबार प्रदर्शन गरेका छन् ।

हजुरबा र नाती पुस्ता सँगसँगै सडकमा

‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रैसडकमा निस्कँदा मान्छेहरू हाँस्थे। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ।’

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

सरकार विरुद्ध सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा युवाहरूको प्रदर्शन

केपी ओली सरकार विरुद्ध सर्लाहीको हरिवनमा प्रदर्शन भएको छ । शनिबार मध्यान्ह हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय युवाहरूले विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । कोरोना भाईरस संक्रमणमा प्रधानमन्त्री केपी ओली सरकार निकम्मा सावित भएको भन्दै युवाहरूले राजीनामाको माग समेत गरे ।

सरकारविरुद्धको प्रदर्शनमा साझाको साथ

देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनमा साझा पार्टीले पनि ऐक्यबद्धता जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति साझा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको जनाएको हो।

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन(फाेटाेफिचर)

सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन्। सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्।

दमौलीमा सरकारविरुद्ध युवा प्रदर्शनमा

कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा शुक्रबार तनहुँमा युवाहरुले सडक प्रदर्शन गरेका छन् ।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

देशैभरी कांग्रेसको प्रदर्शन सुरु

कांग्रेसले देशभरि गर्ने भनेको सरकारविरुद्धको प्रदर्शन सुरु भएको छ । देशका प्रमुख सहरहरूमा हुने विरोधसभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन्। चितवनस्थित नागरिक संवाददाता सविता श्रेष्ठका अनुसार भरतपुरमा कांग्रेसको विरोध जुलुस सुरु भइसकेको छ ।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्