५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मंगलबार निजी विद्यालय बन्द हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ।  प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए।

मंगलबारबाट सन् २०१९को लागि डिभी आवेदन खोलिदै

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १७ असोज (३ अक्टोबर) बेलुका ९ः४५ बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ। काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘मंगलबारदेखि सन् २०१९ को लागि डिभी आवेदन खुल्ला गरिदैंछ ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ। ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।

दशैँको टिकट मंगलबारदेखि खुल्ने

दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

संसद बैठक मंगलबारसम्मलाई स्थगित

व्यवस्थापिका संसद मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि आज ११ बस्ने भनिएको बैठक आज ३ बजेसम्मको लागि सारिएको थियो । तर शीर्ष नेताहरुबीच क'रा नमिलेपछि संसद बैठक नबस्दै दोस्रोपटक स्थगित भएको हो।

मंगलबार ३, ४ र ६ प्रदेशमा उम्मेदवारी दर्ता हुँदै, यस्तो छ दर्ता चेकलिस्ट

पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमले आसन्न स्थानीय तह निर्वाचनप्रति जनसाधारणमा अनेक आशङ्का उत्पन्न गरे पनि निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरुको सक्रियताले निर्वाचन हुनेमा ढुक्क रहन सकिने अवस्था छ।

व्यवस्थापिका संसद विकास समितिको बैठक मंगलबार

व्यवस्थापिका संसद अन्तर्गत विकास समितिको बैठक मंगलबार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ ।

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेध गरेसँगै २० वर्ष पुराना सवारीसाधन सडकमा देखिन छाडेका छन्। मंगलबारसम्म सडकमा पर्याप्त मात्रामा गुडेका पुराना सवारीसाधन बुधबार भने सडकमा देखिएनन्।

आइजिपी मुद्दामा अर्को सुनुवाइ मंगलबार

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति विवादसम्बन्धी मुद्दामा अर्को सुनुवाई मंगलबार हुने भएको छ। प्रहरी महानिरीक्षकमा तीन प्रतिस्पर्धीमध्ये जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेपछि सर्वोच्च अदालतमा दर्ता भएको  रिटमा बुधबारबाट सुनुवाइ भएको थियो।

आहा–रारा गोल्डकप मंगलबारदेखि, तीन विदेशी टोली सहभागी हुने

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण मंगलबार पोखरा रंगशालामा सुरु हुँदैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रण प्रतियोगिता माघ १५ सम्म पोखरामा सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ ।

महाअभियोग प्रस्तावमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल हुने

काठमाडौं–संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभिमयोग प्रस्तावमाथि मंगलबादेखि संैद्धान्तिक छलफल हुने भएको छ। महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकमा तीनबजेदेखि सुरु हुने भएकाे हाे।

मंगलबारदेखि डिभी आवेदन खुला

काठमाडौं—अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बेलुका ९:३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २२ डिभी भर्ने अन्तिम मिति हुनेछ।

कृष्णसार यातायात व्यबसायी संघले मंगलबारदेखि सेवा ठप्प पार्ने

कृष्णसार यातायात व्यबसायी संघले अवैध गाडीलाई प्रशासनले संरक्षण दिएको भन्दै यातायात सेवा ठप्प पार्ने घोषणा गरेको छ। भेरी प्रालिका नाममा अवैध गाडी सञ्चालनमा प्रहरी र प्रशासनले स्कटिङ गरिरहेको आन्दोलन गर्ने समितिले जनाएको छ।

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

नेविसंघ महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले महाधिवेशन कुनै हालतमा पनि नरोकिने र मंगलबार चुनाब हुने बताएका छन्। मचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

काठमाडौं– सेयर बजार परिसूचकले मंगलबार यु–टर्न लिएको छ। सोमबार ८९ अंकले ओरालो लागेको शेयर बजार परिसूचक मंगलबार झण्डै त्यति नै अंकले उकालो लागेको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक ८४ अंकले बढेर १७६० अंकमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्