९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

रुपन्देहीको लगातार दोस्रो जित

शोहब अलामको ४ विकेट तथा राजेश पुलामीमगर र प्रकाश केसीको ६१ रन साझेदारीप्रेरित रुपन्देहीले बुधबार सिवाइसी अत्तरियालाई ४२ रनले हराउँदै धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ।

रुपन्देही र संकटाबीचको फाईनल भेट पक्का

नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै रुपन्देही–११ ‘टुबार्गे दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’को फाईनलमा प्रवेश गरेको छ। जितसँगै रुपन्देहीले सिएमजी संकटा क्लबसँग फाईनल भेट पक्का गरेको छ । दुबै टिमबीचको फाईनल खेल बिहीबार हुनेछ ।

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

युवासंघ रुपन्देही अध्यक्षको हत्यामा १२ जना संलग्न, मनोजको निर्देशनमा राजुले गरेका थिए 'सुट'

युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। मनोज पुन भन्ने मनोज बुढामगरको मुख्य योजनामा उनको हत्या गरिएको रुपन्देही प्रहरीले निष्कर्ष निकालेको छ।

रुपन्देहीमा प्रहरी चौकीमाथि ढुंगामुढा, दुई थान हतियार लुटियो

रुपन्देहीको दक्षिणी मर्चवार वडवलियामा रहेको प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त भएको छ। आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्।

उदयपुर गोल्डकप : रुपन्देही अन्तिम चारमा

रुपन्देही ११ ले आइतबार उदयपुर रंगशालामा झापा फुटबल क्लबमाथि सडनडेथमा विजय हासिल गर्दै चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाई–ब्रेकरमा धकेलिएको खेलमा नतिजाका लागि सडनडेथसम्म प्रतिक्षा गर्नुपरेको थियो।

रुपन्देहीसँग बदला लिँदै आर्मी सेमिफाइनलमा

साबिक विजेता त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार रुपन्देही ११ को चुनौती २–० को अन्तरमा समाप्त पार्दै विभागीय टोलीले अन्तिम चारमा आफूलाई उभ्याएको हो।

रुपन्देही काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

रुपन्देही–११ ले फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ ले हराउँदै मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीको जितमा दीपक राईले उत्कृष्ट प्रदर्शन गरे। दीपकले रुपन्देहीको जितमा दुई गोल गरे।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

आन्दोलनबाट बाहिरियो रुपन्देही कांग्रेस

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्र्याएर प्रदेश ४ मा गाभ्ने सरकारी प्रस्तावविरुद्धको आन्दोलन चर्कंदै गइरहेका बेला रुपन्देही कंाग्रेसले आन्दोलनमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

एपिएफ र रुपन्देहीलाई अवसर

सशस्त्र प्रहरीको एपिएफ क्लब र रुपन्देही–११ यी दुवै टोलीलाई नेपाली फुटबलको ठूला प्रतियोगितामा हम्मेसी उपाधि दाबेदार मानिँदैन। तर, यसपटक झापामा जारी सहारा सुरुङ्गा गोल्डकपमा दुवै टोलीले नेपाली फुटबलका सदाबहार बलिया टोलीहरूलाई हराउँदै आफूलाई उपाधि दाबेदार बनाएका छन्।

चार देशका २२६ पहलवान रुपन्देहीमा भीड्दै

रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।

रुपन्देही अन्तिम चारमा

दीपक राईले उत्कृष्ट प्रदर्शन गरेपछि रुपन्देही–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सहारा सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रुपन्देहीको जितमा दिपक राईले दुवै गोल गरे। आर्मीको तर्फबाट राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले एक गोल फर्काए।

रुपन्देहीमा २ को हत्या १ को हत्या प्रयास

रुपन्देहीमा दशैंतिहारको बेला हत्या र लुटपाटका श्रृखलाबद्ध घटना भएका छन्। पछिल्लो एक सातामा दुइ महिने सुत्केरीसहित दुई जनाको हत्या भएको छ। एक महिलाको शव फेला परेको छ। अर्की एक महिने सुत्केरीको हत्या प्रयास भएको छ।

एमाले रुपन्देही अध्यक्षमा सुवेदी

नेकपा (एमाले) रुपन्देहीको बिहीबार भैरहवामा सम्पन्न आठौँ जिल्ला अधिवेशनले शिव सुवेदीको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्