५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्।

लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशनः देश बनाउने सपनामा एकाकार गराउन सुझाव

नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ। जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा भएको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ।

एमाले महाधिवेशनः बाँकेबाट ढकालसहित अधिकारी र शाहको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

महाधिवेशन मिति नजिँकिदै गर्दा बाँकेबाट युवा नेता सूर्य ढकाल, महिलामा बसन्ती अधिकारी र मुस्लिमकोटाबाट हलिम शाहले उम्मेदवारी घोषणा गरिसकेका छन्।

एमाले महाधिवेशन: उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ। मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो।

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन्। र्‍याली यही मङ्सिर ७ गते हुनेछ।

एमाले महाधिवेशन: एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस निकालिने

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ। चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो।

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ।

एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट

पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रतिनिधि चयन गर्न आव्हान गरे पनि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा भने चुनावी प्रक्रिया अपनाएर छनौट टुंग्याइएको छ।

एमाले महाधिवेशन: इलामबाट छानिए २१ प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत् रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले जनाएको छ।

एमाले महाधिवेशन: जनवर्गीय सङ्गठनबाट एक लाख सहभागी हुने

नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ।

एमाले महाधिवेशन नारायणी किनारमा उद्घाटन हुने, सौराहामा बन्द सत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।

आज देशभरका वडामा एमाले अधिवेशन

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्।

एमाले महाधिवेशन आयोजक कमिटी असार १६ गतेका लागि तय

आजको बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्