३० वैशाख २०८१ आइतबार
image/svg+xml

भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्।

इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान

नेकपा (एमाले)बाट चुनावी प्रतिस्पर्धाका रहेका इलामका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन्।

भक्तपुर २ मा महेश बस्नेतले थाम्ला विरासत?

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।

मतदातालाई धोका दिने छैन: महेश बस्नेत

यो क्षेत्रमा जति काम भएका छन्, एमाले सरकार भएको समयमा पार्टीले गरेका काम हुन् ती। अब एमालेले यसअघिदेखिकै प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ योजना र एजेन्डासाथ १ नम्बर क्षेत्रको विकासको गति अघि बढाउने छ। म त्यसको अगुवाइ गर्नेछु।

म मा लोभ लालच छैन, मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ: महेश बस्नेत

'राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन। म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।'

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।

मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ: नेता बस्नेत

नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापित गराएको स्मरण गराए।

अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।'

भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।

हिजो उद्योग बेच्नेले अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन्: नेता बस्नेत

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डूले आज आयोजना गरेको मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाँट पल्टिने अवस्थामा पुगेको उल्लेख गरे।

महिला न्यायीक फैसला गर्छन्, एमालेलाई भोट हाल्छन्ः नेता बस्नेत

'मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक? विभिन्न प्रकारका बिना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक?'

नेपाली काँग्रेसको पालामा भएको संसद विकास कोषको हिसाब देखाउन महेश बस्नेतको चुनौती

यसअघि भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसले जित्दा आउने १६ करोड बजेट काँग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको आरोप उनले लगाए। आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए। उनले आफूले गरेको खर्चकोबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए।

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

कार्यकर्ताको नाराबाजी र हुटिङका साथ महेश बस्नेतको उम्मेदवारी दर्ता

२०७४ काे निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध चुनाव लड्न लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्