१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

बझाङमा चिसोले दुईजनाको मृत्यु

चिसोले बझाङमा दुईजनाको मृत्यु भएको छ। चिसो बढेपछि कठ्याङ्रिएर बझाङको जयपृथ्वी नगरपालिका–२ का ७९ वर्षीय पृथ्वीभान खड्का र मष्टा गाउँपालिका–१ की ८३ वर्षीय भुलीदेवी खड्काको मृत्यु भएको हो।

शीतलहर पीडितलाई प्रशासनबाट टेन्टको घर उपहार

त्रिपालमुनि चिसो काटिरहेका सिरहा नगरपालिका–६ बसबिट्टाका सुकुम्बासी पाँच परिवारलाई मंगलबार प्रशासनले टेन्ट सहयोग गरेको छ। चिसोसँगै झरी पर्न थालेपछि त्रिपालभित्रै पानी पसेर कष्टकर जीवन बाच्न बाध्य सुकुम्बासी परिवार टेन्टको घर पाएपछि सुखी भएका छन्।

शीतलहरले कठ्यांग्रिदै त्रिपालमुनिकाे जिन्दगी

घामपानी नछेक्ने छाप्रोमा थलिएर बरियारपट्टी गाउँपालिका–१ मुसहरी टोलकी सीतादेवी सादयले पोहोर ज्यान गुमाइन्। ६ जना लालाबालासँगै साँघुरो छाप्रोमा कष्टकर जिन्दगी गुजार्दै आएकी बुहारी पवित्रीले भनिन्, ‘बिरामीभन्दा पनि गरिबीका कारण सासूले ज्यान गुमाइन्।’ सासूको काजकिरियाका लागि साहुसँग हात फैलाएर ऋण लिनुप-यो।

चिसोले जनजीवन प्रभावित

साइकल र मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा ६० प्रतिशतभन्दा बढीले कमी आएको सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। घरबाट निस्कनै मुस्किल भएकाले यातायात र व्यापारमा प्रभाव परेको छ।

शीतलहरले जनजीवन प्रभावित

लगातारको शीतलहरले समग्र जनजीवन प्रभावित भएको छ। अत्यधिक जाडोले गर्दा तराई मधेसको यात्रा, शिक्षा, व्यवसाय, खानपान तथा रहनसहनदेखि सामान्य दैनिकीको सम्पूर्ण प्रक्रिया प्रभावित भएको हो।

शीतलहरले जनजीवन अस्तव्यस्त

१२ दिनयता बढेको चिसो तथा शीतलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। दुई सातायता चिसो हावासँगै चलिरहेको शीतलहरले सप्तरीमन तराईका सिरहा, सुनसरी, धनुषा, उदयपुरलगायत जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ।

न्यानो बाड्न अघि बढे स्थानीय सरकार

शीतलहरले चिसिएर मधेसको जनजिवन कष्टकर बने पनि अधिकांश स्थानीय तह राहत वितरणमा अझैं सक्रियता देखाएको छैन। केही स्थानीय तहले भने राहत तथा न्यानो वितरणमा सक्रियता देखाउन थालेका छन्। पाँच दिनदेखि घाम नउदाउँदा चिसिएको सर्वसाधारणलाई आगो ताप्न सिरहाको विष्णुपुर गाउँपालिकाले शनिबार दाउरा वितरण गरेको छ।

अझै सक्रिय भएनन् स्थानीय सरकार, स्थानीय प्रशासन न्यानो बाड्दै

शीतलहरले चिसिएर मधेसको जनजीवन कष्टकर बने पनि स्थानीय सरकार भने अझैं सक्रिए भएका छैनन्। प्रदेश २ का अधिकांश स्थानीय तह अझै योजना बनाउनमै अल्झेको बेला स्थानीय प्रशासनले सर्वसाधारणलाई आगो ताप्न दाउराको बन्दोबस्त गरेको छ।

शीतलहरले दुई दिनदेखि सिमरा विमास्थल ठप्प

चिसो बढेपछि सिमरा विमानस्थल दुई दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।

शीतलहरमा राहत विलम्ब

तराई मधेसमा शीतलहर नौलो होइन। प्रत्येक वर्ष मधेस शीतलहरले चिसिन्छ। शीतलहरका कारण विपन्नहरू कठ्याङग्रिएर ज्यान गुमाउँछन्। त्यसपछि स्थानीय सरकार तथा सहयोगी हातहरू आउँछन्।

शीतलहरका कारण विद्यालय बन्द

सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहर चलेसँगै स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। बिहीबार मात्रै धनगढी उप–महानगरपालिकाले दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका संस्थागत तथा निजी शैक्षिक संस्था दुई दिनका लागि बन्द गरेको छ।

काल नबनोस् शीतलहर

सरकारले जनता आवास नामक अभियानअन्तर्गत हजारौँ विपन्न समुदायका घर बनाउने घोषणा गरेको थियो। यी घर बन्दा विपन्न समुदाय न्यानो घरमा बस्न सक्थे। तर वर्षौँदेखि यो घोषणा कार्यान्वयन हुन सकेको छैन। कैयौँको घर बनेकै छैन भने कैयौँको चाहिँ भएको घर पनि भत्काइएको छ तर नयाँ बन्न सकेको छैन। बनेका घर पनि छाना, झ्याल र ढोकाविहीन छन्।

परालकै भरमा विपन्न परिवार

गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब मरे पनि सरकारले चासो देखाउँदैन। मौसम र सरकार दुवै गरिबमारा छन्।

मधेसमा शीतलहरले सकस बढ्दै

तराई/मधेसमा शीतलहरबाट खासगरी विपन्न समुदायका मानिस प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ। चिसो बढेपछि लहानलगायत तराई/मधेसका बजारमा चहलपहलमा कमी आएको छ। न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

मधेसमा शीतलहर, जनजीवन प्रभावित

प्रदेश २ का जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा सप्तरीलगायतका जिल्लाहरुमा कुहिरोसंगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्