४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज काठमाडौमा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गरेका हुन।

एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजनाअन्तर्गत मंगलबार थप तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।

त्रिवि शिक्षण अस्पताललाई बर्थिङ सेन्टर हस्तान्तरण

भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर हस्तान्तरण गरेको छ।

भारतले हस्तान्तरण गरेको राहत प्रभावित क्षेत्रमा पठाइयो

जाजरकोट र रुकुम(पश्चिम) मा गएको भूकम्पपछि भारतले नेपाललाई हस्तान्तरण गरेको दोस्रो खेपको राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भारतीय वायु सेनाको जहाजले सोमबार बेलुका नेपालगन्ज विमानस्थलमा ल्याएको थियो।

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ। कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो।

बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो।

जलाशययुक्त आयोजनालाई ४५ वर्षे अनुमति

सरकारले जलशययुक्त (स्टोरेज) र पम्प जलाशययुक्त (पम्प स्टोरेज) आयोजनाको म्याद ४५ वर्षसम्म रहने गरी उत्पादन अनुमति दिने भएको छ।

भू-उपयोग नीति हस्तान्तरण

कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ।

कामना सेवा विकास बैंकद्वारा एयर कन्डिस्नर हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धनप्राप्त नवलपरासीको दिव्यज्योति बहुमुखी क्याम्पसलाई दुई थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ।

उपचाररत खेलाडीहरूलाई चेक हस्तान्तरण

खेलाडीहरूका लागि आपत्विपत्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ।

फोनपेका विजेतालाई उपहार हस्तान्तरण

फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने मौका’ योजनाको बिजेता घोषणा गरेको छ। बिजेता अनुप सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको छ।

पहिरो पीडित तथा प्रभावितलाई १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियान सिदिङ्वाको अगुवाइमा सङ्कलित झन्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी हस्तान्तरण

नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा म्यामोग्राफी मेसिन जडान गरी हस्तान्तरण गरेको छ। म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो।

एनआईसी एसिया बैंकद्वारा बिमा रकम हस्तान्तरण

एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्