३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मूलपानी रंगशालाको डिपिआर प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

पोखरा स्पोर्टस् अवार्डः लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रालाई

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई दिने भएको छ। मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको अवसरमा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो।

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।

टी ट्वेन्टी शृङ्खला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ।

खेलकुद ऐन संशोधनका लागि सुझाव माग

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनका लागि छलफल र सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।

पौडी पोखरीको व्यावसायिक बाटो

गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

‘स्टोक सिटीसँगको खेलका लागि तयारी राम्रो’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताए।

नेपालगञ्ज रङ्गशाला सुनसान

बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।

लोकेश ‘रिटायर्ट हर्ट’, कुशल आउट

वेस्ट इन्डिज ‘ए’सँग जारी दोस्रो टि–२० खेलमा आज मौका पाएका नेपाली ओपनर लोकेश बम खुट्टाको मांशपेशीमा समस्या भएपछि ‘रिटायर्ट हर्ट’ भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्