४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

दशगाजामै भारतद्वारा २५ फिट अग्लो बाँध, डुब्याे गाैर

भारतीय पक्षले दशगजामै कृतिम तरिकाले बाँध बनाएपछि सदरमुकाम गौर डुबानमा परेकोे छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो तटबन्ध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेकोे हो। गौर सदरमुकाममा करिव एक तला डुब्ने गरी बाढी पसेको छ।

भारतले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द

रौतहटमा दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र गढीमाईको बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वरपरका गाउँ डुबानमा परेका हुन्। बाँध भत्किएर गाउँको बाटो हुँदै भारततिर बगेको पानी सीमा नाकामै जम्मा हुन लागेको छ। उता भारतीय पक्षले सीमा नाका मा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन लागेको छ।

सीमा वारपारमा मूल्यमा भारी अन्तर

वीरगञ्ज सहरसँगै जोडिएको नेपाल–भारतबीचको दशगजा पारि विहार प्रान्तको सीमावर्ती सहर रक्सौल छ। पारि गुड्ने भारतीय रेलको आवाज वीरगञ्जमा मज्जाले सुनिन्छ। दुवैतिर बसोबास गर्ने मानिसहरुको संस्कृति र खानाको शैली उस्तैउस्तै छ। सीमापारिका मानिसको थालमा पस्किने खाना र वारिका मानिसको थालमा पस्किने खानाको लागत (मूल्य) मा भने भारी अन्तर छ। उनीहरुले सस्तोमा उपभोग गर्ने खाना नेपालीले महँगोमा पाउँछन्।

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

नेपाल र भारतबीचको सिमा छुट्याउने दशगजा दिनदिनै अतिक्रमणको चपेटामा परेको पाइएको छ। भारतीयले दशगजा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ।

भारतले दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला विहीबार एकाबिहानै पुरिएको छ।

भारतद्वारा दशगजामा बनाएको नाला पुरियो

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला पुरिएको छ।

दशगजामा सामुदायिक भवन

भारतले पूर्वी सीमाको दशगजामा बौद्धगुम्बा मर्मतको निहुँमा सामुदायिक भवन ठड्याएको छ । नेपाली पक्षको पटक पटकको आग्रह बेवास्ता गर्दै उसले सूर्याेदय नगरपालिका–२ (साविक पशुपतिनगर–४) र भारतको रामग्राम ग्रामपञ्चायतबीच पर्ने दशगजामा सरकारी लगानीमै एकतले पक्की भवन निर्माण गरेको हो । दशगजाको सीमाभन्दा ३० फिट यताउता कुनै पनि संरचना बनाउन नपाउने अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै पुरानो गुम्बा मर्मतको बहानामा करिब ५० जना अट्ने नयाँ भवन बनाइएको हो । दशगजाको सानो सीमास्तम्भभन्दा पाँच फिटजतिको दूरीमै भवनको पिल्लर गाढिएको छ । भवनको पहिलो तलाको ढलाइसमेत सकिएको छ । वरिपरि पर्खाल लगाउन बाँकी रहे पनि भारतीयले यो भवनलाई भेला, गोष्ठी, बैठकलगायतमा प्रयोग गरिरहेका छन् । वरपर दशगजामै बनेका संरचनासमेत हटाएर सामुदायिक भवन बनाइएको हो।

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

पूर्वी भारतीय सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले बौद्ध गुम्बा बनाउन थालेको छ। पशुपतिनगर–४, फाटकसँग जोडिएको भारतस्थित रामग्राम ग्रामपञ्चायतको दशगजामा भारतीय सरकारको लगानीमा पक्की संरचना निर्माण हुन थालेको हो।

दशगजामा निर्माण गरेको पक्की सडक भत्काउन भारतको निर्देशन

भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्।

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

'दशगजा'बाट संविधान संशोधन हुँदैनः लालबाबु पण्डित

रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने कडा चेतावनी दिएका छन्।

दुई देशको समहति बिना दशगजामा कसैले केही गर्न पाउँदैनःमहतो

सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आइतबार सप्तरीको तिलाठी स्थित दशगजा क्षेत्रको अवलोकन गरेका छन्। गत बिहीबार उक्त क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध बनाउन खोज्दा दुई देशका स्थानीयबीच झडप भएको थियो।

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्