११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बाढीले ढाल्यो चार नयाँ सीमास्तम्भ

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।

५७ नम्बरको सीमास्तम्भ पुरानै अवस्थामा भेटियो

२०६३ सालमा सरकारले खटाएको सीमा सुपरीवेक्षण टोलीले ५७ नम्बर पिलर २०१९ सालमा निर्माण गरिएको स्थान कोर्लाङपारिको टुप्पोबाट फेदमा सारिएको रिपोर्ट नापी विभाग हुँदै सरकारलाई बुझाएको थियो।

कैलालीका दुई ठाउँमा सीमा समस्या

कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।

हराउँदै सीमास्तम्भ

सीमास्तम्भ अनुगमनका लागि सोमबार प्रतिनिधिसभा सदस्य विमला विक, बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला र प्रहरी उपरीक्षक तिलक भारती लटकनिया गाउँ पुगे।

नेपाल–भारत सीमास्तम्भ पुनर्निमाण

तीन वर्ष अघिदेखि थालिएको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। नेपाल र भारतको संयुक्त टोलीले ती सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको थियो।

५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ। तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो।

भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्