२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टेबल टेनिस एक्सचेन्ज सम्झौता

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी र टेबल टेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ।

स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबल टेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदानप्रदान, तालिम कार्यक्रम, प्रतियोगितामा सहभागिता र प्रविधिक सहयोग जस्ता गतिविधिहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन्। सम्झौता ३ वर्षका लागि कायम रहनेछ।

कार्यक्रम अस्ट्रेलियाको पर्थस्थित टेबल टेनिस वेस्टर्न अस्ट्रेलियामा भएको थियो। कार्यक्रममा अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनको पनि रहेको उपस्थित थियो।

यो सम्झौता टेबल टेनिस खेलको विकास, आपसी सम्बन्ध सुदृढीकरण र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानका लागि एक महत्त्वपूर्ण कदम भएको स्ट्यागले जनाएको छ।  

प्रकाशित: ३१ आश्विन २०८२ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App