४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यू-१५ महिला च्याम्पियनसिपः नेपालले बंगलादेशविरुद्ध खेल्दै

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल बंगलादेशसँग खेल्दैछ। ढाकामा नेपाल र बंगलादेशबीचको खेल सवा ४ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।  

बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ७–० को जित निकालेको थियो। नेपालको जितमा वर्षा ओलीले चार गोल गरेकी थिइन्। बंगलादेशले भने भुटानलाई ८–०ले पराजित गरेको थियो। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो।

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ। भुटान अंक विहीन रहदै पुछारमा छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रकाशित: १९ कार्तिक २०७९ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App