२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफलाई फुटबलको स्वर्ण

फाइल तस्बिर।

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा स्तब्ध बनाउँदै एपिएफ क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीवार स्वर्ण पदक जितेको छ।

पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हाे। एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो। यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीमा एक एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। त्यसपछि १० खेलाडीमा सिमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो। खेल अवधिभर एपिएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौला अवसर बुनेपनि सदुपयोग गर्न चुकेको थियो। आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो। यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ।

उता कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो। गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो।

यस्तै महिला फुटबलमा भने विभागीय टोली एपिएफ क्लवले स्वर्ण जितेको छ। स्याङ्जाको वालिङमा बिहीवार भएको फाइनल प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो। निकै रोमाञ्चक बनेको खेलमा एपिएफले स्वर्ण पदकमा बाजी मार्दा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन्। दुई गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छिन्। उनले प्रतितयोगिता भर १४ गोल गर्न सफल भइन्।

यस्तै महिला फुटबलमा त्रिभुवन आर्मी क्लवले कास्य पदक जितेको छ। तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो। आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन्। यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एकएक गोल गरे। खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। अमिशाले खेलको ५, ३५ र  १औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्।

प्रकाशित: ३ कार्तिक २०७९ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App