१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

नेपाल पुलिस क्लब टोली।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार  भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्। शसस्त्रले बागमती प्रदेशलाई १ का विरुद्ध ३ सेट प्रहार गदैं फाइनलको यात्रा तय गरेको छ भने नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो। एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकाल्यो। पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तीन सेट लगातार पराजित भयो। एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो। 

सेमिफाइनलको दोस्रो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकाल्यो। पुलिसले गण्डकी माथि २५–१०,२५–१८ र २५ –११ को खेल खलेको थियो। बुधवार दुई विभागीय समुकाबीच फाइनल हुनेछ।

सेमिफाइनलको खेलमा बागमतीले उत्कृष्ट खेल देखाउन सफल भएपनि कमजोर डिफेन्सको फाइदा शसस्त्रले लिएको थियो भने दोस्रो खेलमा गण्डकीको समेत सोही कमजोरीको फाइदा नेपाल पुलिसले लिएको थियो। विभागीय टोलीसँग प्रदेश कमजोर भनेर अनुमान गरिएकोमा बागमतीले आफ्नो खेलबाट विभागीय टोलीलाई नै टक्कर दिन सक्ने सन्देश सहित सेमिफाइनलबाट बाहिरिएको छ। अब तेस्रो स्थानका लागि गण्डकी प्रदेश र बागमति प्रदेश बिच खेल हुने छ।सेमिफाइनलको खेलमा वुमन अफ द म्याच एपीएफकी निरुता थकुन्ना र नेपाल प्रहरीको कामना विष्ट बनेकी थिईन। सेमिफाइनलको खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियक्त सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: १ कार्तिक २०७९ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App