५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पहिलो जित निकाल्ने गण्डकीको चाहना अधुरै , ४० रनले पराजित

गण्डकी प्रदेश विरुद्ध व्याटिङ गर्दै मधेश प्रदेशका व्याटर। तस्बिरः उमेश पुन/नागरिक

घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसाथ गर्दै गण्डकी माथि सदा झैं दबाव कायमै राख्यो।  

शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो। ओपनर सिर्जना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन्। गोदार गोल्ड डक आउट भईन्। उनी सन्तोषी चौधरीको पहिलो बलमा एलबी डब्लुको शिकार हुन पुगिन्। ज्योत्स्निका मरासिनी पनि ५ रनमै रनआउट भएपछि गण्डकी प्रदेश सस्तैमा समेटिने देखियो।  

टस हारेर व्याटिङमा उत्रिएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै ७८ रनकोे  गण्डकीलाई लक्ष्य दिएको थियो। सृष्टी जैसी ३, अन्जली विश्वकर्मा २ रनमा आउट भए। सुजिता थापा डक आउट भईन्। श्रद्धा गुरुङ पनि गोल्डेन डक हुदैं पभेलियन फर्किन बाध्य भईन्। उनी सरस्वती कुमारी चौधरीको बलमा आउट हुदाँ गण्डकी प्रदेशको स्कोर प्रतिस्पर्धात्मकको स्थिति भन्दा निकै तल थियो।  

सीमा केसी २, आकृति तिवारी र निरुता जिटी पनि शून्यमै आउट भएपछि गण्डकी प्रदेश ३७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। केवल १९ ओभर खेल्ने क्रममाा जिटी पनि अनुराधा चौधरीको बलमा गोल्डेन डक आउट हुन पुगिन्। मधेशकी बलर अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिदैं ४ विकेट लिईन्। शान्ति चौधरी र कविता गौतमले समान दुई दुई विकेट लिए।  

टस हारेर व्याटिङमा उत्रिएको मधेशले पनि पहिलो दुई ओभरमा दुई विकेट गुमायो। ओपनरको रुपमा आएकी अनुराधा चौधरीले ४ बल खेल्दै डक आउट भईन्। सबनम खातुन पनि ३ बल खेल्दै शून्यमै आउट भएपछि दबावमा परेको मधेशको इनिङ्सलाई तेस्रो र चौथो नम्बरमा आएका व्याटरद्वय सना प्रविन र अलिशा यादवले सम्हाले। उनीहरु दुवैले १४÷ १४ को महत्वपुर्ण योगदान दिए। साना कुसुम गोदारको बलमा आउट हुँदा यादव आकृति तिवारीको बलमा अन्जली विश्वकर्माको हातबाट क्याच आउट भईन्। नवौं नम्बरमा आएकी सरस्वती चौधरीले १५ रनको महत्वपूर्ण योगदान दिईन्। उनले  

२७ बल खेल्दै अविजित १५ रन बनाएपछि मधेशले ८ विकेटको क्षतिमा ७७ रनमा बनाएको थियो। आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिदाँ कुसुम गोदारले २ विकेट लिईन्। खेलमा मधेशकी अनुराधा चौधरी प्लेयर अफ दि म्याच घोषित भईन्।  

यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उदघाटन गरेका थिए।  

प्रकाशित: २३ आश्विन २०७९ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App