८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली यू-१७ फुटबल टोलीकाे बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू(१७ फुटबल टोलीलाई बिदाइ गरेको छ। शनिबार एन्फाले एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गरेको हो।

एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरेका हुन्। यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन्।

नेपाली टोली भोलि आइतबार भियतनाम प्रस्थान गर्ने छन्। अक्टोबर पाँचदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।

नेपाली टोलीः

गोलकिपरः समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।

डिफेन्डरः मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, आश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डरः हरिष राज भट्ट, प्रशान्त लक्सम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके ।  

फरवार्डः सुबास बम, सिर्जल राई  

प्रकाशित: १५ आश्विन २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App