२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

एएफसी कप छनोट खेल्ने यु १७ नेपाली टिमको घोषणा

भियतनाममा अक्टोबर पहिलो साता हुने एएफसी यु १७ को टिम मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेका छन्। उनले एएफसी  कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन्।  

सेप्टेम्बरमा भएको साफ यू–१७ लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपाल साफ यू–१७ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो।

एएफसीको एसिया कप छनोट खेल्न नेपाली टिम आइतबार भियतनाम प्रस्थान गर्नेछ। अक्टोबर पाँचदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन्। 

नेपालले अक्टोबर पाँचमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अक्टोबर सातमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर नौ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ।

नेपाली टिमः

गोलकिपरः समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।

डिफेन्डरः मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डरः हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके ।  

फरवार्डः सुबास बम, श्रृजल राई 

प्रकाशित: १३ आश्विन २०७९ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App