४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फिफाद्धारा भारतमाथिको प्रतिबन्ध फुकुवा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको  छ।प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा हुने यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ।

यस्तै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने भएका छन्।फिफाले गत साउन एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरेको थियो।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ।

प्रकाशित: ११ भाद्र २०७९ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App