१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

केन्यासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। जारी खेलमा केन्याले ४ विकेट गुमाएको छ।

खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिएका हुन्।  खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए। दोश्रो ओभरको पहिलो बलमै करन केसीले पहिलो विकेट लिए। यस्तै उनले चौथो ओभरमा दोश्रो विकेट लिए।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो। बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछन्। 

प्रकाशित: १० भाद्र २०७९ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App