१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

 चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड–१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।

१९औं संस्करणको एसियन गेम्स यसै वर्षको सेप्टेम्बरमा हुने तय थियो। तर, चीनका विभिन्न स्थानमा कोभिडको संक्रमण बढ्न थालेपछि उक्त खेल आगामी वर्षको मेमा सार्ने प्रस्ताव भएको थियो। तथापि, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले आगामी वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हान्झाउमा नै हुने जनाएको छ।

चीनकै सबैभन्दा ठूलो सहर सांघाईबाट हान्झाउ करिब दुई सय किलोमिटर दूरीमा छ। चीनको कम्युनिस्ट पार्टीले सांघाई सहरमा महामारी विरुद्ध शून्य सहनशीलता अपनाउने भन्दै यसै वर्षको अन्त्यमा करिब एक महिना लामो लकडाउन गर्दै छ। अन्तर्राष्ट्रिय खेलकुदका ठूला आयोजनाहरू प्रभावित नहुने गरी नयाँ मिति तय गरिएको ओसिएले मंगलबार जनाएको छ।

हान्झाउको आयोजक कमिटीले सुन्दर, यादगार र चीनको पहिचानसहित सफलतापूर्वक १९औं एसियाड आयोजना गर्ने विश्वास व्यक्त गर्‍यो।

गत वर्ष महामारी र लकडाउनका कारण चीनको मुख्य अर्थतन्त्रमा ठूलो समस्या थियो। तर, नयाँ मितिमा ती उद्योगको सहयोगमा ठूलो आयोजना गर्ने आयोजक कमिटीको विश्वास छ। विश्वकै धेरै जनसंख्या भएको चीनले महामारी सुरु भएपछि बेइजिङको विन्टर ओलम्पिकबाहेक आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धा रद्द गरेको थियो।

विश्व युनिभर्सिटी गेम्स पनि जुनदेखि सुरु हुने तय थियो। तर, महामारीका कारण उक्त गेम्स पनि सन् २०२३ सम्मका लागि सारिएको छ। एसियाली क्षेत्रबाट करिब ११ हजार खेलाडीले १९औं एसियाडमा प्रतिस्पर्धा गर्दै थिए। तर, उनीहरूको चुनौती हेर्न अझै करिब एक वर्ष कुर्नुपर्ने भएको छ। आयोजक कमिटीले गत अप्रिलमा नै करिब १२ करोड जनसंख्या भएको हान्झाउमा एसियन गेम्स र एसियन पारा  गेम्सका लागि करिब ५६ वटा खेलस्थल छनोट सम्पन्न भएको जनाएको थियो। महादेशीय खेलकुदका प्रतियोगिता आयोजना गर्ने हान्झाउ चीनको तेस्रो सहर हुँदै छ।

यसअघि बेइजिङले १९९० र गोङ्झाउले सन् २०१० को एसियाड आयोजना गरेको थियो। यस पटक केही प्रतिस्पर्धा भने अन्य प्रदेशको सिटीमा पनि हुन सक्ने जनाएको छ। सन् २०१९ देखि चीनको बुहान सहरबाट कोभिड संक्रमण सुरु भएयता चीनका अधिकांश खेल प्रतिस्पर्धा प्रभावित भएका छन्। बेइजिङको विन्टर ओलम्पिक पनि प्रभावित हुन सक्ने आकलन गरिएता पनि कडा स्वास्थ्य सुरक्षाका बीच आयोजना सम्पन्न भयो।

खेल प्रतिस्पर्धी र त्यहाँका जनताबीच प्रत्यक्ष सम्पर्कमा पुग्ने सबै माध्यम बन्द गर्दै ओलम्पिक आयोजना गरिएको थियो। साथै दैनिक रूपका कोभिड–१९ को प्रशिक्षण पनि गरिएको थियो। पछिल्लो समय पुनः महामारी पैmलिएपछि देशका विभिन्न भागमा प्रतिबन्ध लगाइएको छ। 

प्रकाशित: ४ श्रावण २०७९ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App