coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हङकङसँग नेपाल पराजित

एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिप अन्तर्गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ।

मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ। अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ।

एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ। र, समूहको शीर्ष स्थानमा रहेको छ। नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले प्रश्स्तुत गरेको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे। नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि १ सय ९ रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन्। उनले ३६ बलमा चार चौका प्रहार गरिन्। यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन्। हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट निकाले। च्याम्पियनसिपको फाइनल टोलीले एशियाकपमा स्थान बनाउनेछन्। 

प्रकाशित: ७ असार २०७९ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App