१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयोजक स्किब्स सेमिफाइनलमा

आयोजक स्किब्स छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। स्किब्सले युनिकलाई ५–४, द स्काइलार्कलाई ६–५ र इडेन ब्रिज एकेडेमी (इबिए) लाई ४–२ ले पराजित गर्‍यो। इबिए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा इबिएको भेट एन्जल्स हार्टसंग हुनेछ भने स्किब्सले बसुन्धारा नेसनल एकेडेमी (बिएनए) विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

बसुन्धारास्थित आयोजक स्किब्सकै कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा निम्स ‘ए’, हिमालय, काष्ठमण्डप, निम्स ‘बी’, भ्याली पब्लिक, आर्या, स्किब्स र एनसिसिएसले क्वार्टरफाइनलमा स्थान पक्का गरे। सिनियर ब्वाइजमा स्किब्स ‘ए’, निम्स ‘बी’, त्रिज्योति, एचएचसिए, बिएनए, सेन्ट जोसेफ, भ्याली पब्लिक, सेब, ओडिसी इन्टरनेसनल एकेडेमी, इबिए, स्काइलार्क, महामञ्जुश्री, निम्स ‘ए’, रेडिअन्ट, ग्रिनल्यान्ड र नेपाल मोडेल प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे। प्रतियोगिताको टोखा–५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरूण केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।

प्रतियोगितामा सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८/८ तथा गर्ल्समा १२ गरी जम्मा ५२ टोलीको सहभागिता रहेको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छन्। स्टाफको विधा पहिलो पटक समावेश गरिएको हो। स्टाफतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन्। बाँकीमा नगद पुरस्कार राखिएको छैन। फाइनल आइतबार हुनेछ।

प्रकाशित: ४ असार २०७९ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App