१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको लज्जास्पद हार

३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधबार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ।

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल इण्डोनेसियाँसग ७–० को फराकिलो अन्तरले पराजित भएको हो। जाबिर अल अहमद स्टेडियममा इण्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खान पुगेको थियो।

बलियो इण्डोनेसियाले नेपालविरुद्ध निकै हाबी हुँदै खेल देखाएको थियो। सोही क्रममा खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इण्डोनेसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इण्डोनेसियालाई २–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन। ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इण्डोनेसियालाई ३–० को अग्रता दिलाए।

लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४–० को बनाउँदा ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इण्डोनेसियाको अग्रता ५–० को बनाए। खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इण्डोनेसियालाई ७–० को जित निश्चित गरे।

यस हारसँगै समूह ए मा रहेको नेपालले अंक बिहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। नेपाल समूहको पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो। नेपाविरुद्धको फराकिलो जितसँगै इण्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो। इण्डोनेसिया दोस्रो स्थानमा रह्यो।

प्रकाशित: १ असार २०७९ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App