३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन्। 

पाँच दिने भ्रमणका लागि रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'रसिया फेडरेशन (रुस)का माननीय खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि मेरो नेतृत्वको प्रतिनिधिमण्डल रुस यात्राको लागि आज प्रस्थान गरेको छ। नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर हुने विश्वास लिएको छु।'

प्रकाशित: ३० जेष्ठ २०७९ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App