२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खड्का उत्कृष्ट निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्‍याङ्किङ जी टु तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्।

प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो। त्यसमध्ये अशोक पनि उत्कृष्टमा परेका हुन्। अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोस्रो दिन ८ खेल खेलाएका थिए। त्यसमध्ये उनले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाएका थिए।

सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गरेका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाएका थिए। आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएबापत मायाको चिनो प्रदान गरे। उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुन्। खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुन्।

प्रकाशित: १७ जेष्ठ २०७९ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App