६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अस्मिता फाइनलमा

भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन्।

बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौलसमूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिता फाइनलमा पुगेकी हुन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल गुरुङले सेमिफाइनलमा स्थान बनाए।

उनले काभ्रेका राजन तिमिल्सिनालाई पराजित गरे। यसै गरी पुरुषको ६३ केजी तौलसमूहमा रामेछापका मौसम रानामगर र धादिङका सुरेश भण्डारीले पनि सेमिफाइनलमा स्थान बनाए। मौसमले चितवनका टीकाराम कुमाल र सुरेशले काठमाडौंका नीरज गौतमलाई पराजित गरे।

चैत २० गतेसम्म सञ्चालन हुने बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंहले उद्घाटन गरे। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ वैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १८ चैत्र २०७८ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App