४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाचौं अन्तर्राष्ट्रिय खप्तड गोल्ड कपको ट्रफि सार्वजनिक

उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने

धनगढीमा बिहिवार देखि संचालन भैरहेको पाँचौअन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन्। धनगढीको रंगशालामा फागुन १९ गते मनाङ र दिल्लीबीच प्रतिस्पर्धा हुने सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीका अध्यक्ष सुरेश हमालले बताएका छन्। 

दुवै टिमका खेलाडी धनगढी पुगिसकेको उनले बताए। बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ। अध्यक्ष हमालले गोल्ड कपको सबै तयारी पुरा भएको बताएका छन्।  

प्रतियोगितामा १० टिमको सहभागिता रहने उनले बताए। आयोजक सुदूरपश्चिम–११, मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, नव जनजागृती युवा क्लब सिमरा, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब सर्लाही, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लबको सहभागीता रहने छ। खेल प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरिएको जनाइएको छ। विद्यार्थीका लागी १ सय र अन्य दर्शकका लागी १ सय ५० शुल्क लाग्ने उनले बताए। प्रत्येक दिन ५ हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन्।

नकआउट आधारमा खेलाइने प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिने छ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरि प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १०, १० हजार प्रदान गरिने आयोजक क्लवका माहसचिव प्रकाश शाहीले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७८ १२:४१ बुधबार

अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप