३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन्।

मन्त्रि गहतराजले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखे। उनले अदालतको निर्णय जसको पक्षमा आए पनि आफुलाई स्वीकार्य रहेको बताए। यता नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठाले, मैदान र खेल संघमा हुनु पर्ने खेलकुदल सबोच्च अदालतमा भइरहेको आरोप लगाए।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेपछि पूर्व सदस्य सचिवन रमेश कुमार सिलवाल अदालत पुगेका थिए। सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो। तर १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्धा हेर्दाहेर्दैमा राखेको छ।

प्रकाशित: १३ पुस २०७८ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App