१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

भारत जाने कराते खेलाडीको बिदाइ

भारतको अहमदाबादमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रित कराते प्रतियोगितामा भाग लिन जाने विराटनगरको टोलीलाई सोमबार बिदाइ गरिएको छ।

मोरङ जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम आयोजना गरी भारत जान लागेका कराते खेलाडीलाई बिदाइ गरिएको हो। विराटनगरको पोखरिया कराते डोजोका १० जना खेलाडी मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने कराते प्रतियोगितामा भाग लिन जान लागेका हुन्। खेलाडीहरुलाई बिदाइ गर्दै समितिका अध्यक्ष रोहित कोइरालाले सरकार परिवर्तन भएसँगै खेलकुदका गतिविधि गर्नलाई समस्या परेको बताए। वर्तमान सरकारले प्रदेश खेलकुद बोर्डलगायत अन्य जिल्लाका बैंक खाता रोक्का राखेका कारण काम गर्न समस्या भइरहेको छ।

‘सरकारले रोक्का राखेको बैंक खाता पुनः सञ्चालन गरीदिए खेलकुदका गतिविधिलाई अघि बढाउन सक्ने थियौं,’ अध्यक्ष कोइरालाले भने, ‘हाम्रो पार्टीको सरकारले पहिले नै खेलकुद बोर्ड गठन गर्नुपर्ने थियो। तत्कालीन सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै बोर्ड गठन गरेन।’ सरकारले खेलकुद क्षेत्रको विकास गर्नका लागि आवश्यक बजेट दिनुपर्छ। ‘बजेट अभावमा अहिले खेल र खेलाडीलाई चाहिने सहयोग गर्न सकेका छैनांै’, कोइरालाले भने, ‘यहाँबाट जाने खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो देशको नाम राख्ने कुरामा हामी सबै ढुक्क रहेका छौं।’

खेलाडीहरुलाई करातेका प्रशिक्षक मंजिल गौतम, विनोदकुमार राउतलगायतले शुभकामना दिएका थिए। ३ दिनसम्म हुने प्रतियोगितामा भाग लिन पोखरिया डोजोका महेश यादव, एमडी अमन, भुपाल लामिछाने, आकाश मण्डल, अनिष मण्डल, सुमन राई, अनमोल शिवाकोटी, निशान खाती, भुवन कट्टेल र प्रतीक कार्की रहेका छन्।

खेलाडीहरुले आफ्नो तौल समूह र उमेर समूहका साथै कुमुते तथा काता विधामा प्रतिष्पर्धा गर्ने छन्। गत वर्ष भएको यस प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए।

प्रकाशित: ५ पुस २०७८ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App