६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने

भक्तपुरमा पुस ७ गते बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता हुने भएको छ। भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताका उत्कृष्ट टिमहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले जानकारी दिए। भक्तपुरको फुटबल खेललाई अगाडि बढाउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए। आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम बन्ने आशाका साथ प्रतियोगिता गर्न लागेको जानकारी उनले गराए। प्रतियोगिता भक्तपुरको महेश्वरी खेल मैदानमा हुने जनाइएको छ।

स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि १० सम्मका विद्यार्थीको टिम सहभागी हुने जानकारी गराए। यस अनुसार जिल्लाका स्कुलहरुमा प्रतियोगितामा सहभागी हुन पत्र पठाइसकेको जानकारी उनले गराए।

प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट गराउने योजना रहेको उनले सुनाए। 'त्यसका लागि मेयरसावलाई चिठी पठाइसकेका छौं,' उनले भने, 'उहाँंकै समय नमिलेका कारण हामीले पुस २ गते नै गर्ने योजना भएको कार्यक्रम पस ७ गतेबाट सुरु गर्ने गरी पछाडि सारेका हौं।'

प्रतियोगितामा प्रतिस्पर्धी खेलाडीहरुको खेल विमा हुने जनाइएको छ। खेलको क्रममा घाइते भएमा उनीहरुको उपचारको लागि विमा गरिएको जनाइएको हो। विमासहितका खेल हुन लागेको खुल्ला प्रतियोगिताको यो पहिलो प्रतियोगिता भएको जनाइएको छ।

आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो। यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो। यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन्।

प्रकाशित: ३ पुस २०७८ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App