४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

कन्काई, कालिका र बाग्मतीको सानदार सुरुआत

कन्काई, कालिका र बाग्मती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सानदार सुरुआत गरेका छन्।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको उद्घाटन खेलमा रश्मि घिसिङको ह्याट्रिकप्रेरित बाग्मतीले ललितपुरको महालक्ष्मी नगरपालिकामाथि ९–० को जित हात पारेको थियो। बाग्मतीको सहज जितमा रश्मिले ह्याट्रिकसहित ५ गोल गर्दा रेनु नगरकोटीले २ तथा अनु लामा र सदिमा ब्लोनले समान १ गोल गरे। 

त्यस्तै दिनको दोस्रो खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरपालिकाको पोस्टमा दर्जन गोल गर्‍यो। कन्काईको रवाफिलो जितमा कुसुम खतिवडाले ५ गोल गरिन् भने कप्तान लक्ष्मी श्रेष्ठको नाममा ४ गोल रह्यो। मनिका तुमुक र इमा राईले समान १ गोल गरे।

बिहीबार भएको तेस्रो खेलमा कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० ले पराजित गरेको छ। कालिकाको जितमा अनुष्का शेर्पाले ४, सम्झना तामाङ र सबिता राना मगरले समान २ गोल गरे। त्यस्तै प्रीति राई र सुनकला राईले समान १ गोल गरे।

प्रकाशित: ५ कार्तिक २०७८ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App