१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

इपिएल : चितवनको लगातार दोस्रो जीत

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले काठमाडौं किंग्स इलेभेनमाथि ३ विकेटको जीत हात पारेको छ। जीतको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो। चितवनको जीतमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए। कमल सिंह ऐरी २३ रनमा अविजित रहे।

यस्तै दिलिप नाथले २३, करिम जनत र मोहमद साहजदले समान २१ रन बनाए। यस्तै, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए। कप्तान सोमपाल कामी सुन्य रनमा आउट भए।काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले समान २/२ विकेट लिए। जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। काठमाडौंका ओपनर सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए। राजु रिजालले २ छक्का र ३ चौकासहित २८ र जनक प्रकाशले २ छक्का र १ चौकासहित २६ रन बनाए।

बलिङतर्फ चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए। करिम जन्नतले दुई विकेट लिँदा कमल ऐरी र सेकुगे प्रशन्नले एक एक विकेट लिए। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित: १४ आश्विन २०७८ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App