१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पिएनजीद्वारा नेपाललाई सामान्य लक्ष्य, सन्दीपले लिए चार विकेट

पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई पहिलो ओडिआई खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए। चाड सोपर १७ रनमा अविजत रहे। पोकनाले १ रन जोडे। जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, ओडीआई डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोबले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए। योसँगै उनी डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बनेका छन्।  

उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए। यस्तै, कुशल मल्लले ७ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए।

प्रकाशित: २२ भाद्र २०७८ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App