३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

कोभिडले नयाँ टोली घोषणा

सात खेलाडीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि इङ्ल्यान्ड क्रिकेट एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि यसअघिको पूरा टोली हटाउँदै नयाँ टोलीको घोषणा गरेको छ। 

मंगलबार पाकिस्तानविरुद्धको शृंखलाका लागि अभ्यासरत  इङ्ल्यान्ड टोलीका ७ खेलाडीमा कोभिड–१९ पुष्टि भएको थियो। तीमध्ये ३ जना खेलाडी र ४ जना व्यवस्थापन टोलीका सदस्य रहेको बताइएको छ। यससँगै समग्र टोली नै आइसोलेसनमा बस्नुपर्ने भएकाले पाकिस्तानविरुद्धको शृंखलाका लागि नयाँ टोलीको घोषणा गरिएको हो।

तीन एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेल बिहीबार कार्डिफमा हुनेछ, जहाँ  इङ्लिस टोलीको कप्तानी बेन स्टोक्सले सम्हाल्नेछन्। इङ्ल्यान्डले केही दिनअघि मात्र श्रीलंकाविरुद्धका तीन एकदिवसीय खेलको शृंखला जितेको थियो।

प्रकाशित: २३ असार २०७८ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App