१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

खेल क्षेत्र प्राथमिकतामा

जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।  

उनले भने,‘खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार हो। यो आधार निर्माण गर्न स्थानीय सरकार लागि परेको छ।’ उनले गाउँपालिकामा गरिएको खेल प्रशिक्षणले राष्ट्रिय स्तरमा हुने खेलकुदका सहभागी भएर प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने बताए।  

खेलकुदका लागि स्थानीय स्तरमा खेल मैदान निर्माण गरिएको छ। खेल क्षेत्रका प्रतिभाहरु ग्रामिण क्षेत्रमा प्रशस्त भेटिन्छन्, उनले भने,‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौँ।’

खेल क्षेत्रमा गरिएको सानो लगानीले ठूलो सफलता हात पार्न सकिने भन्दै खेल क्षेत्रमा गरेको लगानी नडुब्ने बताए। गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया नाग्म गमगडी हुँदै रारा जाने सडक हिमा गाउँपालिका हुँदै जाने भएकोले खेल पर्यटनको संभावना समेत रहेको बताउँछिन्। उनले भनिन्,‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा साकार बनाउन पनि खेलकुद क्षेत्रमा प्राथमिकतामा राखेका छौँ।’

गाउँपालिकाको प्राथमिकताका आधारमा खेलकुदका क्रियाकलाप भइरहेका छन्। पालिकास्तरमा हुने खेलकुदका क्रियाकलापले खेलाडीको हौसला र उत्प्रेरणा दिने गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए।  

बैशाख पहिलो सातामात्रै हिमा गाउँपालिकाले गाउँपालिका स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको थियो। भलिवल प्रतियोगितामा पुरुषतर्फको खेलमा हिमा १ ले उपाधि जित्यो। महिलातर्फ ओदी गाउँपालिका युवतीले उपाधि जितिन्।  

पुरुषतर्फको दोस्रो स्थानमा हिमा गाउँपालिका–७ धाँचुगाउँको युवा क्लव र महिलातर्फको दोस्रो स्थानमा धाँचुगाउँकै युवाले प्राप्त गरेका भलिबल प्रशिक्षक परेकबहादुर शाहीले जानकारी दिए।  

प्रथम स्थान हासिल गर्ने दुबै टीमलाई नगद २० हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ। दोस्रो हुने टीमलाई १५ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र दिइएको थियो। पुरुषतर्फ १३ टीम र महिलातर्फ ४ वटा टीम सहभागी थिए। जुम्लाका ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकोले भलिबल खेलकुद खेलाएको आयोजकले जनाएका छन्।  

खेलकुदका क्रियाकलापले खेल क्षेत्रको विकास त हुन्छ नै, खेलाडीको उत्साह र हौसला बढ्छ। प्रमुख प्रशासकीय अधिकृत बुढाले भने,‘खेल क्षेत्रले स्वस्थ रहन मद्धत गर्छ। गाउँपालिकाको पहिचान बनाउँछ। खेल क्षेत्र प्रति युवायुवतीको लगाव बढ्छ।’

प्रकाशित: ७ वैशाख २०७८ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App