२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

खेलाडी जोगाउन सकस

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेपछि शुक्रबारबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्ना खेलाडीलाई संक्रमणबाट कसरी जोगाउने भन्ने सहभागी क्लब व्यवस्थापनलाई टाउको दुखाइ बनेको छ।

विश्वकै महँगो फ्रेन्चाइज लिगका रूपमा रहेको आइपिएलअन्तर्गत शुक्रबार उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इन्डियन्समाथि २ विकेटको जित हात पारेको थियो। प्रतियोगिताका सबै खेल बन्द रंगशालामा हुनेछन्। भारतमा दैनिक कोरोना संक्रमितको संख्या १ लाख ३० हजार रहेको छ। प्रतियोगितामा सहभागी ८ वटै टोलीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ। प्रतियोगिता ८ साता चल्नेछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सहभागी टोलीलाई स्वास्थ्य सुरक्षा परिधिभित्र राख्न प्रत्येक टोलीमा एक व्यवस्थापक तोकेको छ। 

प्रतियोगिताका खेल भारतका विभिन्न ६ सहरमा खेलाइनेछ। प्रतियोगितामा सहभागी सबै खेलाडीको गतिविधि ट्य्राकिङ डिभाइसमार्फत अनुगमन गरिनेछ। भारतका स्पिनर अक्सर पटेल (दिल्ली क्यापिटल्स),अस्ट्रेलियाका डेविड साम्स (आरसिबी) तथा अन्य दुई खेलाडी गरी ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै प्रतियोगिताअघि केही खेलाडीले कोरोना भाइरस महामारीका कारण प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्। यस क्रममा अस्ट्रेलियाका जस हाज्लेउड, मिचेल मार्स र जस फिलिपेले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। 

हाज्लेउडको स्थानमा चेन्नईले जासोन बेहरन्डोर्पmलाई भिœयाएको थियो। गत वर्ष युएईमा भएको आइपिएलदौरान खेलाडीमा कोरोना संक्रमित भएपछि चेन्नई सबैभन्दा बढी मारमा परेको थियो। बेङ्लुरूका ब्याट्सम्यान देवदत्त पडिकल र कोलकाता नाइट राइडर्सका नीतिश राना कोरोना संक्रमण मुक्त हँुदै टोलीमा फर्किए पनि पटेल र साम्स भने अझै आइसोलेसनमै छन्। बिसिसिआईका प्रमुख सौरभ गांगुलीले प्रतियोगिता सुरु भएको र त्यसमाथि कुनै समस्या नआउने विश्वास व्यक्त गरे। भारतले अक्टोबर नोभेम्बरमा ट्वान्टी–२० विश्वकपको आयोजना गर्दैछ। त्यसैले १४औं संस्करणको आइपिएल कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ।

प्रकाशित: २९ चैत्र २०७७ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App